
कृति : बदनाम मेरा यी आँखाहरु
विधा : कविता र गीतहरुको संग्रह
कवि : हरिभक्त कटुवाल
कवि तथा गीतकार कटुवालका यस कृतिमा समावेश कविता तथा गीतहरु कवितात्मक सुकोमलताले सुवासित छन् । गीतिलय ध्वनीको मधुर सरसताले तरंगित भावमा अभिव्यक्तिएका छन् । विशेषत स्व.कटुवालका जीवनका अन्तिम चरणमा लेखिएका कविता र गीत यसमा समावेश गरिएका छन् । मर्मस्पर्शी छन भावहरु । जीवनका तीता भोगाईहरुको अनुभुतिहरुले भरिएका छन् गीत र कविताहरु । यस कृतिभित्र ३२ थान विभिन्न कविताहरु र ४२ वटा गीतहरु समावेश गरिएको छ ।
बदनाम मेरा यी आँखाहरुलाई साझा प्रकाशनले २०४४ सालमा पहिलो पटक प्रकाशनमा ल्याएको थियो ।
कृति :स्रष्टा -सृष्टि :द्रष्टा- दृष्टि
विधा: समालोचना
कृतिकार :राजेन्द्र सुवेदी
बस्तुपरक समीक्षा गर्न सिपालु राजेन्द्र सुवेदीको प्रस्तुत कृति नेपाली निबन्धसाहित्यको ऐतिहासिक विवेचनात्मक अध्ययनद्धारा आएको कृति हो । गहन अध्ययन,उनको विशेषता हो । यस कृतिले निबन्धको उत्पत्तिदेखि निबन्धसम्बन्धि अबधारणा,पश्चिमी साहित्यमा निबन्धको विकासदेखि पूर्वीय साहित्यमा त्यसको विकाससम्मका कुराहरु यस कृतिमा छन् । आधुनिक नेपाली निबन्धकारहरुको निबन्धात्मक स्वरुपको मूल्याँकन समेत कृतिले गरेको छ ।
एक सय निबन्धकारहरुको संक्षिप्तमा जानकारी पनि यसमा छ । निबन्धका सिद्दान्तहरुको प्रयोगको जानकारी पनि यसमा छ ।
कृति स्रष्टा सृष्टि द्रष्टा दृष्टिलाई प्रथम पटक २०४३ सालमा साझा प्रकाशनले प्रकाशित गरेको हो ।






