
गजल
बिटु केसी
प्रेम तपस्या हो महाअडान चाहिन्छ
त्यसै कहाँ मन पर्छ बरदान चाहिन्छ
चखेवा चखेवी या होस् जोडी परेवाको
प्रेमिल भई उड़न छुट्टै आसमान चाहिन्छ
विना माया मर्छ्न कति कति मान्छेहरु
माया गर्न यो मुटुभित्र भगवान चाहिन्छ
मिल्दा मिल्दै मिल्दैनन किन मनहरु ?
विधाताले लेखिदेको विधान चाहिन्छ
मञ्चन छ रंगमञ्चमा एक से एक नाटक
एक हुन आत्मा अमर आख्यान चाहिन्छ
