
कविता
शशीश्री आचार्य
प्रतिबिम्ब
न त निस्तब्ध
न त लाग्छ कोही छ
बस यो त केबल
दर्पण छायाँ पो रहेछ
जुन पलका लागि म तड्पन्छु
त्यो पल मदेखि टाढा भागिदिन्छ
पूर्णिमाको चाँदनीमा पनि
दुष्ट कालो धब्बा लागिदिन्छ
शान्त छ र पनि मन
त्यसै त्यसै भड्की दिन्छ
निस्तब्ध र एकान्तमा
त्यसै त्यसै तड्पी दिन्छ
न त लाग्छ कोही छ
बस यो त केवल
दर्पण छायाँ रहेछ ।








