चर्चामा पुस्तक
आफैंलाई खोज्दै
जीवनका अनुभूतिहरुलाई निबन्धकरण गर्न सक्षम देखिएका ध्रुव जोशी । शालिन,सरल र मिजासिला व्यक्तित्व निबन्धमा पनि झल्किएर आएको छ । यसमा विभिन्न समयमा लेखिएका १८ थान निबन्धहरु समावेश भएका छन् । परिपाकपूर्ण,मीठासपूर्ण,विषयगत विविधताका सुस्वादु निबन्धहरु यस कृतिले अटाएको छ ।देखेभोगेका समयसन्दर्भहरु निबन्धमार्फत अभिव्यक्त भएको छ । भोगाइका पीडा,समयका वाछिटाहरुले भरिएका निबन्ध पढुँपढुँ लाग्छ । कथन स्वभाविक लाग्छ । शब्दशैली सरल देखिन्छन् । सौन्दर्यचेतले भरिएका छन् । त्यसैले निबन्ध पठनीय छ ।
मूल्य ३५०। रहेको यो आफैंलाई खोज्दै निबन्धकृतिलाई सुन्दर स्वदेश प्रकाशनले प्रकाशित गरेको हो ।
मुक्तक मुहिम
रामकाजी कोने र श्रीओम श्रेष्ठ ‘रोदन ‘द्धारा सम्पादन गरिएको नेपाली स्रष्टाहरुको योगदान,मुक्तकको उन्नयनमा साझा अभियान स्वरुप मुक्तक मुहिम आएको छ । कविताकै एक प्रभेदको रुपमा रहेको मुक्तक आयामले छोटो,भावले गहिरो र बृहत् अर्थबोध गराउने सामाथ्र्य हुन्छ ।
प्रा.डा.लक्ष्मणप्रसाद गौतमको मुक्तकको सैद्धान्तिक विषयमा अत्यत्न महत्वपूर्ण लेख समेत समेटिएको छ ।
यस कृतिमा यादव खरेल,तेजेश्वरबाबु ग्वंग,नगेन्द्रराज शर्मा,सरुभक्त लगायतका अग्रज स्रष्टासहित मुक्तकविधामा कलमै नचलाउने स्रष्टाहरु समेतका मुक्तकहरु यसमा समावेश गरिएका छन् । कृतिभित्र समावेश प्रत्येक स्रष्टाका तीन थान मुक्तकहरु छन् ।
मूल्य रु.३००। रहेको मुक्तक मुहिमलाई नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजले प्रकाशित गरेका हुन् ।
्