
काठमाडौँ।जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
यसअघि अदालतले चैत १९ मा दुई दिन थुनामा राख्न आदेश दिएको थियो ।
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा आज समय नपुग हुँदा सोमबारका लागि बहस निरन्तर छ ।


