
काठमाडौं । कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ ।
आज बिहान आगलागी भएको हो ।
बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
आगलागी कसरी भएको हो भन्ने खुलेको छैन। कारमा एक व्यक्ति समेत रहेको खुलेको छ। उनको भित्र जलेर मृत्यु भएको खबर प्राप्त भएको छ,’ उनले भने।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
आगलागी नियन्त्रणमा लिइएको र प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


