
काठमाडौं । लघुकथा समाज नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको दुई पुरस्कारको घोषणा गरेको छ ।
समाजको बिहीबार बसेको कार्यसमिति बैठकलेअग्रज कथाकार ध्रुव सापकोटालाई ‘सावित्री केशर कथा पुरस्कार–२०८१’ र लघुकथाकार किसन पौडेललाई ‘बाटुली खिलध्वज लघुकथा पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।
कथाकार सापकोटाको उपन्यास र कथाकृति गरेर १० वटा पुस्तक प्रकाशित छन् ।
लघुकथाकार पौडेलका लघुकथा र गजलका कृति प्रकाशित छन् ।

