
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए अनुसार आगामी चैत १७ गतेसम्मको लागि स्थगित भएको छ ।
शुक्रबार संविधान र गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले प्रदर्शनीमार्ग क्षेत्रमा सभा गरिरहेको छ।
राजावादीहरूले तीनकुने क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। प्रहरीसँग मुठभेड भएपछि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ।
धेरै सांसदहरु बैठकमा आउन नसकेको अबस्था छ ।
यसैले अर्को बैठक १७ गतेको लागि डाक्ने गरी स्थगित गरिएको हो ।



