ललितपूर । गजल बिशेष कार्यक्रम गजलामृत को श्रृङ्खला दुई सम्पन्न भएको छ ।
जुमन किरण र बालकृष्ण श्रेष्ठको आयोजनामा भएको उक्त गजलामृत कार्यक्रममा बिमला दाहाल, अभिशान्त शुशान्त केसी, आवेश मिश्र, रमेश बलामी, लक्ष्मी ढकाल, विपिन मर्म,बिनोद खत्री आकाश, रूबिना राना, ध्रुव मधुकर्मी, मनोज न्यौपाने, कमल सङ्घर्ष, शेखर आचार्य लगायतले गजल बाचन गरे ।
साथै मिडिया सहयोगी नेपाली छाप्रो को मिडिया सहयोगमा उक्त कार्यक्रम भएको थियो ।
बरिष्ठ मुक्तककार सुनिल अधिकारी, साहित्यकार डा शेखर कुमार श्रेष्ठ, दक्षिणकाली नगरपालिका वडा नं ४ का अध्यक्ष कवि पुष्कर खड्का ,वडा अध्यक्ष जयकृष्ण बोगटी, कलाकार नरेन्द्र थापा, गायक तथा कलाकार राजन पौडेल लगायत मन्तव्य राखेका थिए ।
गजलकारहरूले दुई दुई वटा गजल सुनाएको उक्त कार्यक्रमको संचालन गजलकार जुमन किरणले गरेकी थिइन् ।