
काठमाडौँ । पेरुको दक्षिणी भागमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पबाट कम्तीमा दुईजना घाइते भएका छन् । घरहरूमा क्षति भएको छ ।
भूकम्प स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजे गएको थियो । यसको केन्द्रविन्दु आयाकुचो क्षेत्रको पारिनाकोचास प्रान्तस्थित उपाहुआचोसहरबाट ३८ किलोमिटर उत्तर–पश्चिममा थियो । भूकम्पको गहिराइ ६६.७ किलोमिटर थियो । दक्षिणी पेरुका इका, अरेकिपालगायत धेरै क्षेत्रहरूमा यसको धक्का महसुस गरिएको थियो ।
अधिकारीहरूले आयाकुचो र कुस्कोका विभिन्न जिल्लाहरूमा रहेका २२ वटा घर, ६ वटा स्वास्थ्य केन्द्र र एउटा विद्यालयमा क्षति पुगेको जानकारी दिएका छन् । पुकियो, पुयो, कोराकोरा, उपाहुआचो, सान पेड्रो र पिचारी सहरहरू छन् ।

