
चैत्र २०, यदि कसैले महामुद्रा वा झोग्छेनको उत्कृष्ट अभ्यास र अनुभूति गरेको छ भने उसलाई उत्क्रान्ति योग (फोवा) को अभ्यास आवश्यक हुँदैन। किनभने मृत्युको क्षणमा त्यस्ता साधकहरू निश्चित रूपमा धर्मता अर्थात् सबै वस्तुहरूको यथार्थ स्वरूपमै मुक्त हुनेछन्।
– जर्नी अफ द माइन्ड, पृष्ठ ४४ बाट








