
काठमाडौं। नेपालमा कम्यूनिष्टहरु एक भएर जानुको विकल्प नभएको नेपाली कम्यूनिष्ट पार्टीका नेता देव गुरुङले बताएका छन् ।
शनिबार भक्तपूरको सल्लाघारीमा नेकपा एमालेको ११ औं महाधिवेशनको शुभकामना मन्तव्यको क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने ‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । इतिहासले सावित गरेको छ, कम्युनिस्टहरूमात्रै देशभक्त हुन्छन्। ’
गुरुङले भने, ‘कम्युनिस्टहरूमात्रै राष्ट्रभक्त हुन्छन् । मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने शक्ति भनेको कम्युनिस्ट नै हो ।’



