
मतिशोधन (लो–जोंग) का शिक्षाहरूमा तोङ्लेनको अभ्यास मृत्युको समयमा काम लाग्ने अत्यन्त महत्त्वपूर्ण अभ्यासहरूमध्ये एक हो। तोङ्लेन अभ्यासमा श्वासलाई ध्यानको आधार बनाइन्छ: श्वास फाल्दा हामी आफ्ना सुख, पुण्य र आनन्द सबै प्राणीहरूतर्फ पठाइरहेका छौँ भनेर भावना गर्छौँ भने श्वास तान्दा सबै प्राणीहरूको दुःख र पीडा हाम्रो शरीरमा विलीन हुँदै पग्लिरहेको छ भनेर ध्यान गर्छौँ।
– अ लाइफ अफ ह्याप्पिनेस: अ प्राक्टिस गाइड फर ओल्डर प्राक्टिसनर्स, पृष्ठ ७४ बाट








