
स्वयम्भु महाचैत्य
नेपालको सबैभन्दा प्राचीन तथा ठूलो बौद्ध तीर्थस्थल ।काठमाडौं उपत्यकाको लगभग पश्चिम दिशामा अवस्थित डाँडामाथि रहेको विशाल ‘स्वयम्भू चैत्य।स्वयम्भू चैत्यले संसार र निर्वाणलाई दर्शाइरहेको छ, यो बौद्ध दर्शन हो। महायान तथा बज्रयान दृष्टिकोण हो।गोपालराज वंशावलीमा उल्लेखित ‘सीनगु बिहार चैत्य’ भनेको वर्तमान स्वयम्भू चैत्य हो ।
संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ।
काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठुलो भूमिका रहेको छ। भगवान् मञ्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाइन्छ। नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनी आएको हो ।
आज बिहान देखिएको स्वयम्भु महाचैत्यफोटोःप्रदीप





