
कार्तिक २३, अन्तराभव अवस्थाको तयारीका लागि विशेष प्रकारको समाधि वा ध्यान अभ्यास आवश्यक हुन्छ। अतीतका महासिद्धहरूका उपदेशमा यसका लागि दुई मुख्य उपायहरू उल्लेखित छन्—
पहिलो, अनुमान प्रमाणलाई मार्गको रूपमा लिने र दोस्रो, प्रत्यक्ष प्रमाणलाई मार्गको रूपमा लिने। यी दुई उपायहरू केवल अन्तराभवसँग सम्बन्धित अभ्यासका रूपमा मात्र नभई सम्पूर्ण धर्म–अभ्यासका दुई भिन्न र महत्त्वपूर्ण पक्षहरू वा शैलीहरूका रूपमा पनि विद्यमान छन्।
– जर्नी अफ द माइन्ड, पृष्ठ ५६ बाट








