
विचार
जेनजी आन्दोलनबाट जनताले के पाए ?
सुरेशकुमार पाण्डे
देख्दा नेपालको इतिहासमा पहिलो पटक सत्तापलट भएको जस्तो देखिएता पनि वास्तविक रूपमा त्यस्तो होइन।अहिले त्यसको अनुहार खुल्दै आएको छ र भविश्यमा घामजस्तै छर्लङ्गै हुँदैजानेछ। तीन दिनभित्रको तख्तापलट होइन यो लामोसमयको एउटा सुनियोजित षड्यन्त्र हुनसक्छ। अहिले त्यो पर्दाभित्र नेपथ्यमा छ तर आउने दिनमा त्यो प्रकट हुने छ।
अहिले हामी त्यसको अनुमान मात्र गर्न सक्नेछौँ।किनकी हाम्रो हातमा पुख्ता प्रमाण छैन तर व्यवहारबाट त्यसको अंदाज गर्न सकिन्छ।
अहिलेको आन्दोलन जेन्जी पुस्ताले चलाएको आन्दोलनको मुख्य माग सामाजिक सञ्जालका केही एपहरू जो सरकारले बन्द गरेको थियो तिनीहरूलाई सुचारू रूपबाट चालु गराउने र देशमा हुदैआएको भ्रष्टाचारलाई रोक्ने मात्र थियो।
तर जेनजीको जुनसुकै उदेश्य भएपनि त्यो आन्दोलनको उनिहरू मध्य कसैलेपनि कल्पना गरेको भन्दा बेग्लै र रक्तपात हुनगयो।त्यसकारण उक्त आन्दोलनका दौरानमा भएको जनधन क्षति हुनु उनिहरूले सोंचेको भन्दा त्यसको परिणाम छुट्टै आयो।त्यही अहिलेको सरकारको प्रमुख काम बनेको छ।अहिले आन्दोलन सिद्यियकोजस्तो देखिएपनि फेरी भित्रभित्रै आन्दोलनको सुरूवात भएको देखापर्छ।जेनजी समेत समानन्तर संगठन बनाइएका देखिन्छन्।
भयो के भने अब आन्दोलन अकल्पनिय धरतलमा पुगेको छ।अहिले सम्मको परिस्थितिले देशलाई झनै सङ्कटग्रस्त तथा आसङ्कित बनाएको आभाष हुन्छ।
कथित् जेनजी आन्दोलन पछि गैर कानुनी असंवैधानिकरूपमा अनापसनापमा शुसिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ।त्यो सरकार जसरी बने तापनि त्यसले के गर्नुपर्दथ्यो र अहिले के गर्दै आएको छ ? यही अहिलेको प्रमुख जनचासोको बिषय बनेको छ।पहिलो आधारभूत बिषय यो अन्तरिम सरकार लाई ६महिना भित्र चुनाव गराउने र देशमा भएको भ्रष्टाचार खतम पार्ने ,जनधनमा भएको क्षतीको तुरून्त जाँच गरेर दोषीमाथि कार्वाही गर्ने हो।
तर त्यसतर्फ अहिलेसम्म प्रधानमन्त्रीलाई केविनेट टीम फेला नै परेका छैनन् जस्ले गर्दा उन्ले अन्तरिम सरकारलाई मन्त्रिमण्डल गठन गर्न सकिरहेकी छैनन्।छानविन आयोग तुरून्तै बनाएको भए अपराधीहरू भेट्न सकिन्थ्यो तर त्यसो नगर्दा अब दोषी माथि कार्वाही होला भनेर नसोचेपनि हुन्छ।
किनकी यति लामूसमयसम्म दोषीहरू चुप्प लागेर बसेका हुँदैनन् उनिहरूले आ आफ्नै प्रामाणहरू नष्ट गरिसके।त्यसकारण कार्य विलम्व गरेर दोषिहरूलाई अन्तरिम सरकार आफैले बचाउन प्रयास गरेको आभाष हुन्छ।
राष्ट्रपति र माओवादी पुष्पकमल दहालले भन्छन् -‘हामिले गणतन्त्र र संविधान जोगायौँ।’ अहिले देशमा संविधान छ गणतन्त्र छ ।त्यसो भए संसदबाट नै प्रधानमन्त्री चुन्नु पर्यो।शुसिला कार्की स्वयम प्रतिनिधिसभा सदस्य होइनन्,उनिहरूले संसदिय राजनीतिक पार्टीबाट आएका कुनैपनि व्यक्तिलाई सरकारमा सामिल नगर्ने उनिहरूले अप्नाएको व्यवहार छ र भन्दै आएकापनि छन्।
अझै अर्को कुरा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीका कुराहरू पनि आएका छन्। देखावटीरूपमा भएपनि सरकारका सल्लाहकार जेनजीहरु र डा.बाबुराम लगायत कतिपय नेताहरूले सरकारलाई प्रत्यक्ष चुनावबाट प्रधानमन्त्री ल्याउन सुझाएकाछन्। त्यसो भए संविधान कता गयो ? संविधानमा हुँदै नभएका विषयहरूमा उल्झेर कसरी ६ महिना भित्रमा आम निर्वाचन हुनसक्छ ?
त्यसको लागि पनि संविधानले तह दिनेछैन ।किनकी संविधानमा त्यस्तो व्यवस्था नै छैन।अब प्रधानमन्त्रीज्युले कसोगरी निर्धारित समयमा निर्वाचन गराउँछिन् त ? त्यो घोषणा मात्र देखिन्छ।प्रथमतः नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री निर्वाचनका लागि संविधानको शंसोधन आवश्यक पर्छ अर्को त्यो व्यवस्था नेपालजस्तो देशमा ठिक छ वा छैन ? त्यसबारे पनि छुट्टै छलफलको बिषय हुन्छ।
शुसिला कार्की आफै संसदकी सदस्य होइनन् र उनी सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश हुन्।हुनसक्छ राष्ट्रपतिले अन्य ठूला दलहरूसँग बार्तलाप पछि संसदलाई जोगाउने उदेश्यले कुनै बिशेष परिस्थितिमा अन्तरिम सरकार बनाउन यो कदम उठाएका होलान्।तर अहिले किन जानबुझेर ढीला गरिएको छ ? यसबारे अन्तरिम सरकारको मनसाय के हो ? अपराधीहरूलाई जोगाउने त होइन ? ज जसले जेन्जीको नाममा बिध्वँस मच्चाए, ताण्डव नाच नाचे उनिहरूलाई किन खोजबिन र जेल हुनसकेको छैन ? यसबारेमा प्रधानमन्त्री जवाफदेही हुनुपर्नेछ।सरकार समेत गठन गर्न सकिरहेका छैनन् किन यसरी लम्विदै जानेहो भने फेरी अर्को बिद्रोह झेल्नुपर्ने छ।
कैदीहरू फरार छन, सरकारी राइफलहरू हराएकाछन्।जेल तोडेर कैदीहरू भगाउनमा कसको हात छ ? यसो त जेनजीहरूले गरेनन् ।जेनजीको नाममा विभिन्न घुसपैठ भएर। नकापपोषहरू पठाएर जेल तोडे कैदीहरूलाई बाहिर निकालेर कयौं अपराधीहरूलाई गुन लगाएका छन्। कयौं नेताहरू जेलबाट अहिलेपनि फरार छन्।एकातिर जेनजीको नाममा देशैभरी अराजक फैलाएकाछन् भने अर्कोतिर उनिहरूको बिरूद्धमा सरकारले कुनै पनि एक्सन लिएको छैन्।जसरी सुरूसुरूमा तत्काल नै केही गर्छन भनेर आम जनताले आसा गरेकाथिए त्यो आसामा तुसारापात भएको छ।अहिलेसम्म त्यसबारेमा सरकारको कुनै सक्रियता नदेखेपछि मानिसहरूमा र्को बिष्फोट भयो भने त्यसको जिम्मेवार वर्तमान अन्तरिम सरकारनै हुनेछ।
ओली सरकारको कमजोरीले यहाँसम्म भएको बिध्वँस अब फेरी अन्तरिम शूसिला सरकारले कहाँ पुराउला हेर्न बाँकी छ।
प्रिय जेनजी पुस्ता तिमीहरूले चलाएको आन्दोलनबाट कसलाई कति फाइदा भयो होला ? तिमीहरू आफै आफ्नो विवेकद्वारा अनुमान लगाउ ।कतिका सपना ,योजना र परिवार उजाडियो ।देश बर्वाद भयो,दुश्मन् खुसी भए उनिहरूले फाइदा उठाए तर देशको अवस्था चिन्ताजनक बन्यो।तिमीहरूको थोरै कम्जोरीले देशको सार्वभौमसत्ता तरल अबस्थामा पुग्यो।तिमीहरुले भ्रष्टाचारको अनत्य
चाहेका थियो तर यहाँ तिम्रै सहादतमाथि फेरी भ्रष्टाचारको जालो बुनिदै छ।यसरी आवेसमा गरेको विद्रोहले आमूल परिवर्तन् गर्न सक्दैन यो संसारभरीको इतिहास साक्षी छ।क्रान्तिको लागि अनुसाशन र एउटा सक्षम मिलिटेन्सी नेतृत्वको खाँचो हुन्छ।जता जसलाई मारेपनि मर्ने नेपाली जनता हो।तसर्थ विवेकशील बनौं । देशलाई शान्तिको पथमा लम्काऊँ।








