
गजल
आभा भूजेल
आँखा अगाडि ढल्यो छोरा बग्यो रगत हेर्न सकिन्
रित्यो आमाको काख रोकियो श्वास फेर्न सकिन्
तिम्रो त्यो जीवन देशकोलागि बलिदान दिइहाल्यौ
एक्कासी वर्षियो बज्र छातीमा घाँटी सेर्न सकिन्
आमा भन्दै पुकार्दा तिमीले बाबू परदेशमा म थिएँ
फर्किदा स्वदेश भएछौ सहिद मायाले बेर्न सकिन्
नसुन्न सकेँ नबुझ्न सकेँ त्यो तिम्रो आवाजलाई
भेटिन तिम्रो श्वास त्यसैले कसैलाई केर्न सकिन्
आहुती दियौ नेपाल आमालाई सिंगो जिन्दगी
देशको सुरक्षा सिपाहीलाई शंकाले घेर्न सकिन्।







