
साउन २५, हामीले भ्रमपूर्ण दृष्टिले देख्ने सबै कुरा (भ्रान्त प्रतिभास) हरूबाट मुक्त हुन र धर्मता (शुद्ध स्वरूप) को प्रत्यक्ष अनुभूति गर्न सम्भव छ । यदि हाम्रो आधार नै मूलभूत रूपमा खराब भैदिएको भए त्यसलाई परिवर्तन गर्न सम्भव हुने थिएन । तर हाम्रो आधार अर्थात् चित्तको शुद्ध स्वरूप भ्रान्त प्रतिभासबाट अलग छ । त्यसैले अविद्यालाई हटाउन सकिन्छ र धर्मताको अनुभूति गर्न सकिन्छ ।
— अ सङ् फर द किङ्, पृष्ठ २९ बाट








