
साउन २४, जति पनि देखापरेका वस्तुहरू छन्, ती सबैको स्वभाव शून्यता हो, पूर्ण शान्ति र परिपूर्णता हो । यो शून्यता भनेको प्रभास्वर अर्थात् स्पष्टता पनि हो—अनन्त सम्भावनाहरू प्रकट हुनसक्ने खुला आकाशजस्तो हो । यो नै हाम्रो अनुभूति गर्ने चित्तको स्वभाव हो, तर हामीले यसलाई सामान्यतया देख्दैनौं । हाम्रो अज्ञान दुई प्रकारको हुन्छ—पहिलो, हामी त्यो कुरा देख्दैनौं जुन यथार्थ हो (शून्यता); र दोस्रो, हामी त्यो कुरा देख्छौं जुन यथार्थ होइन (द्वैतता) ।
— अ सङ् फर द किङ्, पृष्ठ २४ बाट








