सरकारले संघीय संसद् अधिवेशन अन्त्यको तयारी थालेको छ ।
असोज १५ गतेसम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएको छ । त्यसपछि एक वा दुई वटा बैठक राखेर संघीय संसद्को अधिवेशन अन्त्यको तयारी भएको हो ।
‘असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर त्यसदिन अधिवेशनभर भएका गतिविधि सुनाउनेगरी छलफल भएको छ,’ रास्वपाका एक नेताले भने, ‘असोज १५ पछि एक वा बढीमा दुई वटा बैठक बस्न सक्दछ ।’
यसबीचमा प्रतिनिधिसभामा रहेका विधेयकहरू दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ ।
‘असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर त्यसदिन अधिवेशनभर भएका गतिविधि सुनाउनेगरी छलफल भएको छ,’ रास्वपाका एक नेताले भने, ‘असोज १५ पछि एक वा बढीमा दुई वटा बैठक बस्न सक्दछ ।’
यसबीचमा प्रतिनिधिसभामा रहेका विधेयकहरू दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ । यसबीचमा केही विधेयक आयो भने पनि त्यसलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ ।