
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा आज नेताहरूबीच छलफल भएको छ।
देउवा पक्षका नेताहरूबीच आज बिहान छलफल भएको हो। उक्त छलफल सकिएको छ।
संयोजक शशांक कोइराला, नेताहरू कृष्ण सिटौला, प्रकाशशरण महत, एनपी साउद लगायतबीच आज बिहान छलफल भएको थियो।
छलफल सकिएपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता प्रकाशशरण महतले अनौपचारिक कुराकानी गरिएको बताए। उनले आजै अपराह्न ४ बजे पत्रकार सम्मेलन गरिने पनि बताए।
