
काठमाडौं।भियतनाममा खराब मौसमका कारण डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ ।
यसैगरी ८ जना बेपत्ता छन् ।
लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको हो ।
सो डुंगामा धेरैजसो हनोईबाट आएका भियतनामी नागरिक थिए ।
पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ ।

