
इस्लामाबाद । नयाँ विरोधी कानुनलाई लिएर पाकिस्तानमा ६ सांसद मंगलबार पक्राउ परेका छन् ।
जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका ६ पाकिस्तानी सांसदलाई पक्राउ गरिएको हो ।
खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामाबादमा भेला भएको एक जुलुसमा अश्रु ग्यास प्रहार गरिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

