
काठमाडौं । सरकारले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझाको योग्यताबारे छानबिन गर्न समिति बनाएको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए ।
उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एकजना अर्थशास्त्री छन् ।


