
काठमाडौँ।सहकारी ठगीका एक मुख्य अभियुक्त एवं कान्तिपुर सेभिङ सहकारीका पूर्वअध्यक्ष सीबी (चन्द्रबहादुर) लामा पक्राउ परेका छन् ।
उनलाई मकवानपुरबाट पक्राउ गरिएको मकवानपुर प्रहरीका डीएसपी माधव काफ्लेले पुष्टि गरे ।
उनी गत भदौमा भएको जेनजी आन्दोलनमा डिल्लीबजार कारागारबाट फरार भएका थिए ।
सहकारी ठगीको कसुरमा पक्राउ परेर उनी पुर्पक्षका लागि थुनामा थिए । पक्राउ परेका उनलाई कारागार पठाइने प्रहरीले बताएको छ ।
