
काठमाडौं ।साहित्यिक पत्रकार संघले सोमबार काठमाडौंमा शारदा मासिकको ‘मोहन सिटौला:व्यष्टि र समष्टि’अतिरिक्ताङ्कको लोकार्पण गर्यो।
सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेती र मन्चासिन सबैले लोकार्पण गरे।
साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लोकार्पित कृतिबारे साहित्यकारहरु प्रा.हेमनाथ पौडेल र प्रा.डा. देवी नेपालले समीक्षात्मक मन्तव्य राखे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले सर्जक मोहन सिटौलाको योगदानको चर्चा गर्दै सिटौला बहुआयामिक व्यक्ति भएको चर्चा गरे ।
यसैगरी अध्यक्ष लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै पुस्तक प्रकाशन र सर्जक सिटौलाले साहित्य सिर्जना,अनुवाद र सस्थागत योगदानको चर्चा गर्दै सिटौलाको काव्यमा नविनता, कलात्मकता,मानवीय समवेदना, डायस्पोरिक चेतना,स्थानीयता, स्वतन्त्रता आदि रहेको बताए ।
कार्यक्रममा अस्टिन,अमेरिकामा रहेका मोहन सिटौलाले अनलाइनबाटै आफ्नो मन्तव्य राख्दै आभार प्रकट गरे।

शारदा मासिक’का सम्पादक विमल भौकाजीलाई मायाको चिनोसहित सम्मान गरिएको सो कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश मोहनप्रकाश सिटौला,वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र के.सी,वरिष्ठ साहित्यकार डा.गार्गी शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव जगतप्रसाद उपाध्याय,बाग्मती कलेजका प्रिन्सिपल प्रा.डा.सुरेन्द्र सिटौला,सिटौला समाजका पूर्व सभापति खगेन्द्रराज सिटौला, कपिल सिटौला लगायतले आ-आफ्नो मन्तव्य राखे।
साहित्यकार भगवती बस्नेतको सहजीकरणमा भएको सो कार्यक्रममा प्रमुख अतिथि उप्रेती र समीक्षकहरु प्रा.हेमनाथ पौडेल र प्रा.डा.देवी नेपाललाई चलचित्र विकास बोडका अध्यक्ष चर्चित सिने कलाकार दिनेश डी.सी.ले मायाको चिनो प्रदान गरे।
