काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन।
सोमबार बिहान देशका पहाडी तथा हिमाली भूभागको मौसम मुख्यतया सफा रहेको छ।
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
कोशी प्रदेशका तराईका भूभागमा लागेको हुस्सु र कुहिरो मध्याह्नपछि मात्रै क्रमिक रूपमा सुधार हुने र बाँकी प्रदेशका तराई भूभागमा लागेको हुस्सु कुहिरो मध्याह्नसम्ममा सुधार हुने महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशभरिको मौसम सफा रहने पूर्वानुमान छ।



