
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव बिथोलिने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालमा समाजमा द्वेष एवं उत्तेजना उत्पन्न हुनेगरी सार्वजनिक भएका भ्रामक सूचनाप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

गत चैत ३० शनिबार विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो ।दुई समुदायबीच झडप भएपछि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु लगाइएको थियो ।



