
बैशाख १३
सामान्यत: हामीले हरेक समयमा हरेक कार्य करुणा र बोधिचित्तका साथ गर्नुपर्छ । विशेषगरी धर्म अभ्यास गरिरहेका बेला वा धर्मशिक्षाका लागि अनुरोध (अध्येषणा) गर्दै गर्दा, अथवा धर्मको अध्ययन गरिरहेका बेला, यदि हाम्रो आशय सर्वोच्च बोधिलाभ गर्ने छ भने त्यो हाम्रा लागि भविष्यमा बुद्धत्व प्राप्त गर्ने हेतु बन्नेछ र सबै प्राणीहरूको हित गर्ने हेतु पनि बन्नेछ। त्यसैले शुद्ध आशय राख्नु आवश्यक छ ।
(इसेन्सियल प्राक्टिस, पृष्ठ १९ बाट)









