
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि सरकारले नयाँ सहर विकासको ल्याउने बताएका छन् ।
प्रतिनिधिसभा, विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीले क्षतिग्रस्त बनाएकै स्थानमा पुनस् बस्ती बसाल्न असम्भव रहेको बताए ।
बैठकमा उनले भने, ‘अब हामी नयाँ सहर बनाउने अवधारणामा जानेछौं । अहिले भूकम्पभन्दा फरक तरिकाले जानुपर्ने छ, जुन स्थानमा क्षति भएको हो, त्यही स्थानमा फर्काउने योजना छैन ।’
त्यस्तो सहरमा सबै सुविधा उपलब्ध हुनेछ । उद्योग, अस्पताल, विद्यालयसहितका सुविधा समेटेर नयाँ सहर निर्माण गरिने र त्यसका लागि आवश्यक जग्गा खरिद गरेर जाने योजनामा सरकार रहेको उनले जानकारी दिए ।
यस बाढीले स्थानीय सरकारलाई विपद्सँग लड्न सुविधा सम्पन्न बनाउन आवश्यक रहेको पाठ सिकाएको उनको भजाइ रहेको छ ।


