
काठमाडौँ । नेकपा एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ ।
पार्टी मुख्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले ५ वटा एजेण्डा तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्षले राजनीतिक प्रतिवेदन पेश गर्ने र छलफल गर्ने तथा विभिन्न कमिटीमा मनोनित गर्नेलगायत रहेका छन् । त्यस्तै बैठकले
एमाले निर्वाचन समिक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदन पारित गरेको छ ।
कार्यदल प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदन पेश गर्ने पनि भट्टले जानकारी दिए ।


