
काठमाडौँ । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई १–० गोलले पराजित गरेको छ ।
भाइटालिटी रंगशालामा भएको खेलमा लिभरपुलका लागि एलेक्जान्डर इसाकले निर्णायक गोल गरेका थिए । उनले खेलको ५७औँ मिनेटमा कोडी गाक्पोको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि अग्रता लिन सकेका थिएनन् । दोस्रो हाफमा गाक्पोले दायाँतर्फबाट दिएको बललाई इसाकले गोलमा परिणत गरेपछि लिभरपुल अगाडि बढेको थियो ।
त्यसपछि बर्नमाउथले बराबरीका लागि प्रयास गरे पनि लिभरपुलले आफ्नो अग्रता जोगाउँदै तीन अंक हात पारेको थियो ।
यो जितपछि लिभरपुलको ५ खेलमा ९ अंक भएको छ र लिगमा छैटौं स्थानमा पुगेको छ भने बोर्नमाउथको ५ खेलमा ३ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।







