
बुद्धधर्मका सामान्य शिक्षाहरू
असोज १, हामीले दुःख र रोगलाई मार्गमा परिणत गर्नु अति महत्त्वपूर्ण छ। तर, सुरुदेखि नै कुनै गम्भीर रोगलाई मार्गमा परिणत गर्न धेरै गाह्रो हुन्छ। मेरो गुरुले रोगलाई मार्ग बनाउनेबारे शिक्षा दिँदा हामीलाई आफैंलाई कडा गरी चिमोट्न लगाउनुभयो र सोध्नुभयो, “दुख्छ?” अनि भन्नुभयो, “हो, दुख्छ। ठीक त्यसैलाई जान, ठीक त्यो पीडाको अनुभूतिलाई हेर। कस्तो लाग्छ? त्यति धेरै नराम्रो त रहेनछ, होइन? यो पीडा क्रमशः घट्छ। तिमीले त्यसलाई नै हेर्ने हो।” यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने पीडालाई मार्ग बनाउँदा सानोबाट सुरु गर्नुपर्छ, एकैचाेटि ठूलो पीडालाई लिनु हुँदैन।
— लुकिङ् डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ २४४ बाट








