काठमाडौं । नेकपा एमालेका साँसद माननीय गोकुलप्रसाद बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत चार किलोमिटर सडक नबन्दा जनताले आलोचना गरेको बताएका छन् ।
आज मंगलबार सार्वजतिक लेखा समितिको बैठकमा बोल्दै सानो काम गर्न नसक्दा जनताको आलोचना खप्नु परेको गुनासो गरेका हुन् ।
उनले भने -“चौरासी चौरासी भन्या छ अहिल्यै जनताले चौरासी गर्लान जस्तो भाको छ । ।चार किलोमिटर बाटो चार वर्ष नबन्नु किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भयो ?आयोजना प्रमुखहरुलाई सोधियो?जिम्मा लगाइएका मान्छेलाई सोधियो? मलाई लाग्छ सोधिएन् । अचम्म त योभाछ यो देशका ठूला नेताहरु सबैको प्रधानमन्त्रीत्व कालपनि त्यसले फटाइसक्यो चार किलोमिटर बाटोले ।”
उनले भने -“धुलिखेल बजार खस्ने गरी कटिंग गरेको छ, याद छ ? पर्खाल नलगाई बाटो जोगिनेवाला छैन् । यस्तो हालत हुँदासम्म के हेरेर बस्नु भो । ”
मन्त्रीलाई उनले व्यँग गर्दै भने -” ढुँगा तपाईलाई हान्ने भनेको थिएन मन्त्रीज्यू,त्यहाँबाट निर्वाचित म भएको हुनाले ढुँगा त मैले खानुपथ्र्यो नि त । धूलो र हिलोको सास्ती जनताको राजस्व जति सरकारको भको छ ।करिव हजार जतिको हातखुट्टा भाचिइसक्यो अब त मैले के माग्नुपर्ने भो भने यातायात मन्त्रालयले उपचारको जिम्मा लिने कि,धुलिखेल हस्पिटलले कि स्वास्थ्य मन्त्रालयले जिम्मा लिने सोध्नुपर्ने भयो ।”
“यो बाटो म चलोस भन्न चाहान्छु । बबुरो साँसदले के गर्नसक्छ मन्त्री चुप लाग्ने,डिजि चुप लाग्ने,सचिव चुप लाग्ने,ठेकदार मज्जाले घुरेर सुत्ने,। अनि गर्नु के ?जसलाई जहाँ दुख्या छ कुरा त्यहिबाट शुरु हुन्छ भन्दै उनले भने मन्त्रीज्यूको चित्त दुख्यो अरे मैले कुरा उठाइँ भनेर चित्त मेरो दुखेको होइन । म त्यो क्षेत्रबाट जितेको साँसद हुँ । ।तर २०२६ सालमा बनेको अरनिको हाइवे चीनसँग जोडिएको मार्ग हो ।”
तपाईको मनिटरिंग सिस्टम के हो भन्दै तिनैलाई किन दिनुपर्ने हो ठेक्का भन्दै प्रश्न गरे । युद्धस्तरमा काम गर्ने हो भनेचारकिलोमिटर खासै धेरै समय लाग्दैन् भन्दै काम नभएको प्रति उनले गुनासो गरे ।
उनले पनौती,बेथानचोक र रोशीमा बाढीपहिरोले पारेको क्षतिको विषयमा समेत उनले आवाज उठाए । जनताको असन्तुष्टी कामसँग भएको पनि उनले बताए ।
बाढी प्रभावित ठाउँमा रकम राम्रो छुटाएर काम गर्न पनि मन्त्रीलाई बास्कोटाले आग्रह गरे ।








