
काठमाडौं।विपक्षी दलहरूले संसद्को सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गरेका छन् ।
छलफलका लागि अनेक विषय रहेको तर बैठक नराखेको भनेर विपक्षी दलहरूले सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गर्दै आएका छन् ।
माओवादी केन्द्रका साँसद लेखनाथ दाहालले भने- “मैले हिजो मात्रै सभापतिसँग कुरा गरेँ र बैठक राख्न भनेको छु । विपक्षी दलहरू बैठक राख्न भनिरहेका छन् तर, सभापतिले बैठक बोलाउनु भएको छैन।”
पोखरा र भैरहवा विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल राख्न पनि दाहालले माग गरेका छन् ।



