
काठमाडौँ । र्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा सुखद् सुरुआत गरेको छ ।
सिटीले मंगलबार पोर्चुगिज क्लब पोर्टोविरुद्ध २–० को जित निकालेको छ । डो ड्रागाओ रंगशालामा पाहुना टोली सिटीलाई जित दिलाउन दुवै गोल हालान्डले गरे ।
दुवै गोल दोस्रो हाफमा भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७औँ मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । उनले एन्जो फर्नान्डेजको पासलाई सदुपयोग गरे ।
रायन आइत नुरीले गोलको अवसर सिर्जना गर्दा इन्जुरी टाइममा हालाण्डले दोस्रो गोल गरे ।

