
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
भदौ २४ गतेलाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गर्दै उनले विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्,‘आजको दिनलाई सम्झिदा मैले नेपालको राष्ट्रिय स्वाधीन जनतामाथि यो स्तरको हमला, नेपाली जनताको लोकतान्त्रिक आन्दोलन र आकांक्षामाथि यो स्तरको प्रहार र केही घण्टा भित्रै भएको यो विध्वंस साच्चै नै रहस्यमय पनि छ।’ ‘……………………गहिरो अध्ययन अनुसन्धान गरेर यो विध्वंश मचाउने तत्व को हुन् ? वास्तविक दोषी को छन् ? यसको सत्य तथ्य अनुसन्धान गर्ने कुरा र दोषीलाई कारबाही गर्ने कुरा असाध्यै महत्वपूर्ण ठान्दछु म ।’
उनले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनतर्फ अघि नबढेको भन्दै आपत्ति जनाएका छन् ।

