
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि ६ देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
छुट्टाछुट्टै रूपमा राष्ट्रपति भवन शितल निवासमा बिभिन्न ६ देशका नवनियुक्त राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
ओहोदाको प्रमाणपत्र पेस गर्नेमा गणतन्त्र गिनी, गणतन्त्र गुगाण्डा, बोस्निया तथा हर्जगोभिना, गणतन्त्र ग्वाटेमाला, इटाली र ग्रीसका गैरअवासीय राजदूत रहेका छन्।

