
काठमाडौँ ।सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्न पर्ने कारण पेश गर्न प्रहरीलाई आदेश दिएको छ।
प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ४८ घण्टाभित्रमा लिखित जवाफ बुझाउन भनेको हो।


