
काठमाडौँ ।नेपालका विजय माझी जापानमा जारी एसियाली खेलकुदको कनोइ स्लालमको पुरुष कायाक एकलतर्फ फाइनल चरणमा प्रवेश गरेका छन् ।
याहागिगावा कनोइ स्लालम कोर्समा बुधबार भएको सेमिफाइनल चरणमा विजय २७५.७३ स्कोरका साथ १६औँ स्थानमा रहेर फाइनल पुगेका हुन् ।
विजय फाइनलमा पुग्दा अर्का नेपाली खेलाडी आशिष रानामगर भने सेमिफाइनलमै रोकिए ।
मंगलबार विजय २०२.६ स्कोर जोडेर १५औँ तथा आशिष २११.८६ स्कोरका साथ १६औँ स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेका थिए ।


