
काठमाडौं । शिव छत्रपति प्रतिष्ठान,नेपालले जेनजी आन्दोलनमा घाइते भई बीर अस्पतालमा उपचाररत भएका घाइतेहरुलाई अस्पतालमै गई उनीहरुको स्वास्थ्य अबस्थाको जानकारी लिइयो । अध्यक्ष छत्र भट्टले त्यहाँ उनीहरुलाई फलफुल तथा सहयोग उपलब्ध समेत गराए ।

प्रतिष्ठानका अध्यक्ष भट्टले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको इखबर नेटलाई जानकारी दिए ।
उनका अनुसार मानवीय कार्यमा निरन्तर लागिरहने प्रतिष्ठानको ध्येय रहेको छ ।






