
काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ मा कारोबार भएको थियो । आज बैंकिङ, विकास बैंक, फाइनान्स र हाइड्रो बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १०.११ प्रतिशतले बढेको छ भने कर्पोरेट विकास बैंकको शेयर ९.३५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सयपत्री हाइड्रोको शेयर ९.६६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको ३० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको २२ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।







