
काठमाडौं ।नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले २४ औं महाधिवेशन आगामी जेठमा गर्ने भएको छ।
सोमबार बसेको दोस्रो स्थायी कमिटी बैठकले जेठ १ देखि ४ गते महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष समिककुमार बडालले जानकारी दिए।
महाधिवेशनको स्थान भने तोकिएको छैन।
‘यसअघि महाधिवेशन चैतभित्र गर्ने निर्णय भएको थियो। तर चैतमा स्ववियु निर्वाचन हुने भएकाले जेठ १ गतेको विद्यार्थी दिवसका दिन अधिवेशन उद्घाटन गर्ने गरी तालिका निर्धारण गरिएको’अध्यक्ष समिककुमार बडालले बताए।

