
काठमाडौं । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो ।
चार रेक्टरस्कल भन्दा तलको भूकम्पको धक्का महसुस भए पनि आत्तिनुपर्ने अवस्था नहुने तर सतर्कता आवश्यकता रहेको रिमालको भनाई छ । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।
बिहान सुतिरहेको अवस्थामा दुई पटक धक्का महसुस भएको धवलागिरि गाउँपालिका–७ ताकमका हरी श्रेष्ठ ले बताउनुभयो । गाउँपालिका र धवलागिरि गाउँपालिकाका जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।
म्याग्दीको धौलागिरि हिमालको फेद हुँदै एउटा भूकम्पको फल्ट रहेकाले पश्चिम म्याग्दीमा साना धक्काहरु आईरहने बिज्ञहरुले बताए ।





