
ईखबरनेट संवाददाता
काठमाडौं, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्डको १९ औं संस्करण पुस २० गते काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने भएको छ ।
अवार्ड आयोजनाका लागि तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे । विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ ।
चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
यिनै २९ खेलाडीबाट समान १/१ पुरुष/महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १–१ लाख नगदबाट सम्मान गरिने छ । समान १–१ पुरुष/








