काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि लिग चरणका दुई खेल हुनेछन् ।
लिग चरणको यो अन्तिम ‘डबल हेडर डे’ हो । यसपछि सोमबार लिग चरणको अन्तिम खेल हुनेछ ।
आज पहिलो खेल काठमान्डु गुर्खाज र विराटनगर किंग्स तथा सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
सुदूरपश्चिम बाहेक बाँकी तीन टिमको लिग चरणमा आफ्नो अन्तिम खेल खेल्दैछन् ।
विराटनगर र पोखरा एभेन्जर्स प्लेअफ होडबाट बाहिरिसकेका छन् । त्यसैले उनीहरुका लागि आजको खेल औपचारिकता मात्र हुनेछ ।


