
काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ।
यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको वताइएको छ।
०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी कीर्तिपुर नगरपालिका मेयर निर्वाचित भएका थिए। गत साउन महिनामा उनको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो।








