
काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुने खेल दुबईस्थित दी सेभेन्स मैदानमा हुने बताइएको छ ।
नेपालले यस अघि खेलेका चार खेल मध्ये तीनवटामा जीत हासिल गरेर समूहमा ६ अंक सहित दोस्रो स्थानमा छ ।





