
काठमाडौँ ।प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद नीता घतानीले पछिल्लो समय राजनीतिमा पुराना पुस्तालाई अयोग्य करार गर्दै निर्माण गरिएको भाष्यप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले देशको विकास र लोकतन्त्र स्थापनामा अग्रजहरूको योगदानलाई बिर्सिएर युवा पुस्तालाई उत्तेजित पार्नु घातक हुने बताएकी हुन्।
उनले सांसद घतानीले ३५ वर्षको अवधिमा मुलुकले हासिल गरेका उपलब्धिहरू पञ्चायतकाल र राजतन्त्रविरुद्ध संघर्ष गर्ने नेताहरूको देन भएको उल्लेख गरिन्।
उनले वर्तमान सरकार स्टन्ट र भ्रमको खेतीमा मात्र केन्द्रित रहेको आरोप लगाइन्।
‘३५ प्रतिशत साक्षरतालाई ८० प्रतिशत पुर्याउने, सडक, खानेपानी र स्वास्थ्य पूर्वाधार निर्माण गर्ने तथा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने काम तिनै पुराना नेताहरूबाट भएको हो। पुरानालाई गाली गरेर भ्युज र लाइक बटुल्ने प्रवृत्तिले देशलाई फाइदा गर्दैन,’ उनले भनिन्।
