
राधा कार्की
अपरिमित यात्रा
मुटुमा अडेको छ -मेरो देश
यहि माटोमा दौडिन्छन्
मेरो सपनाका नागबेली बाटाहरु
स्वाभिमानका पहाडहरु चढ्दै गर्दा
हरेक पल मलाई
अँचेटिरहन्छन् -अभावका ऐंठनहरुले !
म निरन्तर गति हुँ
भलाकुसारी गर्छू हरदम समयसँगै
म अनन्त यात्री हुँ
दौडीरहन्छु लहर र तरँगसँगै
जीवनको गाडी अविराम दौडिरहेछ ।
पाइलाहरु क्रमिक पदचापले
गोलार्धमा पुगेर ठोकिन्छन्
सम्भ्रान्त छ यो शहर
सुसंस्कृत धड्कन पनि छ योसँग
म प्रश्न प्रतिप्रश्न गर्छु –
किन यतिसारो सँकीर्ण छ
विस्तारित सहरको यो बाटो ?









